त्रिवि सुधार आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐक्यबद्धता

२०८० पुष २० गते, शुक्रबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय “विश्वविद्यालय क्याम्पस”स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि सुधारको निम्ति विभिन्न माग राख्दै परिक्षा नियन्त्रण कार्यालय बल्खुमा सुरु गरेको आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ऐक्यबद्धता जनाएको छ ।
बिहीबार आन्दोलन सुरु भएको ९ औं दिनमा संगठनका अध्यक्ष प्रकाश सी, संगठनका महासचिव ललित सी, संगठनका सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, केन्द्रीय सदस्य निगम सी, प्रेम सी, सुवास सी, प्रजित सी, त्रिभुवन विश्वविद्यालय जिल्ला अध्यक्ष हेमराज सी लगायत नेता कार्यकर्ता आन्दोलन स्थल बल्खु पुगेर समर्थन तथा ऐक्यबद्धता व्यक्त गरेका हुन् ।
बिहीबार ९ औ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले स्ववियुले त्रिविका खराबी विरुद्ध आन्दोलनको उठान गरेकोमा धन्यवाद दिदै त्रिविमा देखिएका खराबीका विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताए । उनले त्रिविमा भएको राजनीतिक भागबन्डा, कर्मचारी, प्राध्यापक नियुक्ति गर्ने प्रक्रियाले सिंगो विश्वविद्यालयलाई उद्योगतितिर ढकेलिरहेको भन्दै परिक्षा, नतिजा प्रकाशनमा भएको लापरबाही ढिलासुस्तीले विद्यार्थीको भविष्यमाथी गम्भीर असर पारेको बताए । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले तत्काल विद्यार्थीको कामकाजलाई महत्व दिएर तीव्रतामा काम नगरे अर्थात कर्मचारीहरु नसुध्रिए विद्यार्थीहरुले आवश्यक कदम चाल्ने अर्थात कार्वाहीसम्म गर्ने चेतावनी दिए । स्ववियुले सुरु गरेको यो आन्दोलन निकै महत्वपूर्ण रहेको भन्दै यसलाई निर्णायक र टुंगोमा पुर्‍याउन सबै लाग्नु पर्ने बताए
कार्यक्रमको सहजीकरण स्ववियु सचिव सिद्धान्त भट्टले गरेका थिए । स्ववियु अध्यक्ष श्यामराज ओझा, उपाध्यक्ष अनोज कार्की, सचिव सिद्धान्त भट्ट, कोषाध्यक्ष पदमा भुषाल लगायत स्ववियु सदस्यहरुले आन्दोलनमा सहभागी छन् । – अनिल केसी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु