वीर अस्पतालमा विरामीलाई दिइने खाना र अक्सिन सुविधा नरोक

२०८० माघ ६ गते, शनिबार

काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश दिएको छ । अधिवक्ता विमल पोखरेलले हालेको रीटमा शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको इजलासले विरामीको खाना, खाजा र अक्सिनजको सुविधा कटौती नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता पोखरेलले १३७ वर्षदेखि विरामीलाई दिइदै आएको खाना, खाजा र अक्सिजनको बजेट काटेर सरकारले खेलवाड गरेको दाबी गर्दै रिट दायर गर्नुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत खाना र खाजाको बजेट घटाएको थियो । विनियोजित बजेट सकिएपछि वीर अस्पतालले विरामीको खाना तथा खाजा सुविधा कटौती गरेको छ ।
वीर अस्पतालको स्थापनादेखि नै गरीब तथा निमुखा विरामीहरुलाई खाना, खाजा, अक्सिजनलगायतको सुविधा दिईदै आएकोमा यस वर्ष पहिलो पटक उक्त सुविधा खोसिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार