दादुरा–रुबेला विरुद्धको खोप अभियान फागुन १३ देखिदेखि

२०८० माघ १२ गते, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन १३ देखिदेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको छ । मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । उनले भने -‘बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने । ’
जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए ।
दादुरा–रूबेला सबभन्दा बढी संक्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ ।

प्रतिक्रियाहरु

[anycomment]