विश्व कुष्ठरोग दिवस मनाइँदै

२०८० माघ १४ गते, आईतवार

काठमाडौँ । आज विश्व कुष्ठरोग दिवस । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउने गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्दछ । कुष्ठरोगले विशेष गरि छाला र नसामा असर गर्ने चिकित्सकहरु बताउँछन् । ​
छालामा हुने कुष्ठरोगले शरीर नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्दछ भने स्नायुमा हुने कुष्ठरोगले हातखुट्टामा छुँदा थाहा नहुने र मांसपेशी कमजोर हुँदैजान्छ । ​ कुष्ठरोगको लक्षण देखिनासाथ समयमै उपचार गराउन सके यो रोग सञ्चो हुन्छ भने समयमा उपचार हुन नसकेमा यसका बिरामी अपांग हुनाका साथै मृत्यु पनि हुनसक्ने चिकित्सक बताउँछन् ।
‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने नाराका साथ हरेक वर्षको जनवरी २८ मा(आज) नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु