कटन क्यान्डी बिक्री वितरणमा प्रतिवन्ध

२०८० माघ १४ गते, आईतवार

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । सो कार्यालयले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको हो ।
बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण भइरहेको कटन क्यान्डीको परीक्षण गर्दा अखाद्य रङ्ग पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]