एक हजार लहानवासीको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

२०८० माघ १८ गते, बिहीबार


काठमाडौँ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार