नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’

२०८० माघ २६ गते, शुक्रबार


काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए । उक्त बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् ।
डा तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो । चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ । शल्यक्रियाको नेतृत्व डा। तिमलाले गरेका थिए । उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु