अखिल (क्रान्तिकारी) पूर्वी दाङको अध्यक्षमा खुम रिजाल

काठमाडौँ । अखिल (क्रान्तिकारी) पूर्वी दाङको २६ औं जिल्ला सम्मेलन खुम रिजालको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हिमाल वली, सचिवमा प्रकाश पुन मगर, सहसचिवमा विपना थापा र कोषाध्यक्षमा गणेश विश्वकर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुनिल डाँगी, प्रमिश जिसी, जिज्ञासु डाँगी, विपना पुन मगर, डेनिशा खत्री, आशिष वली, सुरेन्द्र यादव, चेतन केसी, तेजबहादुर बस्नेत, राहुल विक, नवीन दर्लामी लगायत चयन भएका हुन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सविन सीले नेपालको शिक्षा अव्यवहारिक र अवैज्ञानिक भएको बताएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इञ्चार्ज सविन सीले यो देशको शिक्षा प्रणाली अव्यावहारिक भएकोकै कारण शिक्षा क्षेत्रको अवस्था बिग्रदै गएको कुरामा जोड दिए ।
यो देशमा दलाल पूँजीवादी राज्य व्यवस्था रहदासम्म्म समग्र शिक्षा क्षेत्रले फड्को नमार्ने भएको हुँदा देशमा वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्ने र त्यसका लागि सम्पूर्ण विद्यार्थीहरु यो संगठनमा आबद्ध हुनुपर्ने उनले बताए । अहिले व्यवस्था जनताप्रति उत्तरदायी नभएको भन्दै दलाल पूँजीवादी व्यवस्थालाई फालेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने नेता सविको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इञ्चार्ज प्रदीप सीले विद्यार्थीले आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने बताए । उनले अहिले शिक्षा प्रणाली वेरोजगार उत्पादन गर्ने थलोको रुपमा विकास भएको कुरामा जोड दिँदै व्यवहारिक र वैज्ञानिक सामाजवादी शिक्षा प्राप्तका लागि विद्यार्थीहरु अखिल क्रान्तिकारीको संगठनमा जोडिनुपर्ने उद्घोष गरे ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले विद्यार्थी भनेको भविष्यका कर्णधार भएको बताइन् । विद्यार्थी यो देशको शक्ति भएको भन्दै उनले समाज र राष्ट्र निर्माणका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिइन् ।
नेता सम्झनाले शुभकामना व्यक्त गर्दै यो संगठनमा बसेका विद्यार्थी अनुशासित, मेहनती, परिश्रमिक र स्वाभिमानी हुनुपर्ने र समाज र देशमा भएका विकृति र विसंगतिविरुद्ध लडनुपर्ने बताइन् ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष प्रीतिमा सीले हरेक आन्दोलन, परिवर्तन र संघर्षका लागि दाङ अग्रगामी स्थानमा रहेको बताइन् । उनले विद्यार्थी भनेको गतिशील हुनुपर्ने भन्दै गाउँ, समाज र यो देश परिवर्तन गर्नका लागि विद्यार्थीको भूमिकाका अग्रस्थानमा हुनुपर्ने कुरामा जोड दिइन् । नेता प्रीतिमाले यो दलाल पूँजीवादी राज्यसत्ताले दुई खालको शिक्षा प्रणाली लागू गरेको र त्यो शिक्षा प्रणाली निजी र सरकारीमा बिभाजित भएको उद्घोष गरिन् । संगठनको स्थापना कालदेखि नै शिक्षा क्षेत्रका विकृती र विसंगतिको विरुद्धमा संघर्ष गर्दै आइरहेको हुँदा अब देश नि:शुल्क शिक्षा र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नका लागि विद्यार्थी सडक आन्दोलनमा जानुपर्ने उनको भनाइ छ ।
आयोजक सम्मेलन समितिका सदस्य हिमाल वलीको स्वागतको मन्तव्यबाट सुरुभएको कार्यक्रममा राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय सदस्य चुलुवा सी, अखिल क्रान्तिकारी ट्रेड यूनियन महासंघ दाङका अध्यक्ष दिनेश सी युवा संगठन नेपाल पूर्वी दाङका जिल्ला अध्यक्ष पदम सी, संगठनका प्रशान्त सी, अनेरास्ववियु दाङ जिल्ला सहसचिव वसन्त भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले एकल गीत, कविता तथा सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
अखिल (क्रान्तिकारी) आयोजक सम्मेलन समिति पूर्वी दाङका संयोजक दीपक सीको अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी पश्चिम दाङका इञ्चार्ज प्रदीप सी, पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष प्रीतिमा सी संगठनका राप्ती ब्यूरो इञ्चार्ज राजेन्द्र सी, संगठनका जिल्ला इञ्चार्ज खुमन सी, जिल्लामा क्रियाशील संगठनका प्रमुख / प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आयोजक सम्मेलन समितिका सदस्य खुम सीले गरेका थिए । – जङ्ग रेउले