अखिल (क्रान्तिकारी) त्रिवि इन्जिनियरिङको अध्यक्षमा अजय सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिवि इन्जिनियरिङ जिल्लाको प्रथम सम्मेलनले अजय सी को अध्यक्ष्यतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रागब सी,सचिवमा सन्जिव सी, सहसचिवमा राहुल सी र
कोषाध्यक्षमा भावना सी लगायत रहेका छन।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले अबको युग विज्ञान प्रविधिको युग भएकाले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले राष्ट्र निर्माणमा अहम् भुमिका खेल्नुपर्ने दायित्व रहेको बताए । इन्जिनियरिङ शिक्षामा थुप्रै समस्याहरु रहेकाले त्यसलाई सुधार्न आफुहरु लागिरहेको बताए ।
एक अर्को प्रसंगमा नेता नरेन्द्रले यो दलाल संसदीय व्यवस्था र यी नेताहरू सरकारमा रहदासम्म नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी लगायत आमूल रुपान्तरण सम्भव नदेखिएकाे बताए । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत यो दलाल संसदीय व्यवस्थालाई खारेज गरेर देशमा समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान यात्रामा रहेकाले यसमा इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरुले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध गरे ।
यस्तै कार्यक्रममा संगठनका सचिवालय सदस्य एवम् त्रिवि ब्यूरो इन्चार्ज अनिल सीले सम्मेलन सफलताको शुभकामना दिदै सबै क्षेत्रका विद्यार्थीहरु एक भएर समाजवाद प्राप्तिको आन्दोलनमा सरिक हुनुपर्ने बताए । इन्जिनियरिङ क्षेत्रमा शैक्षिक दलाल तथा माफियाहरुको चलखेल व्यापाक रुपमा भैरहेको तथा समयमै त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परिक्षाको समय तालिका सार्वजनिक नगर्दा विद्यार्थीहरुको एक सेमेस्टर पढाइ ग्याप हुने समस्या भएकाले आगामी दिनमा IOE लाई समयमै प्रवेश परिक्षा भर्ना गर्न खबरदारी गरिरहेको बताए । विद्यार्थीको अधिकारको लागी आफुहरु अहोरात्र खटिरहेको समेत बताए ।
यस्तै कार्यक्रमका अतिथि संगठनका केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला अध्यक्ष सुवास सीले शुभकामना दिदै दक्ष इन्जिनियर बनेर देश विकास गर्नुपर्ने दायित्व इन्जिनियरिङका विद्यार्थीहरुको रहेकाले देश निर्माणमा भुमिका खेल्न अनुरोध गरे ।
प्यानल प्रस्ताव संगठनका सचिवालय सदस्य तथा त्रि वि ब्युरो इन्चार्ज अनिल सीले गरेका थिए । सम्मेलनले अजय सी अध्यक्षतामा निर्वाचित गर्दै १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो । सम्मेलनमा संगठनको केन्द्रीय सदस्य सरस्वती सीले नवनिर्वाचित कमिटीलाई बधाई दिएकी थिएन ।
सम्मेलन सम्पन्न पश्चात् त्रि वि ब्यूरो इन्चार्ज तथा इन्जिनियरिङ जिल्ला अभियान कमाण्डर अनिल सीले इन्जिनियरिङ जिल्लामा बलियो जग हालिएको भन्दै अबदेखि इन्जिनियरिङ जिल्ला क्रान्तिकारीहरुको किल्ला हुने बताए ।
साथै उनले कयौं चुनौतीहरुको सामना गर्दै निकै मेहनत गरेर सम्मेलन गरेको भन्दै सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने संगठनका नेतृत्वका कमरेडहरु, कमाण्ड, केन्द्रीय कमिटीका साथीहरू,फिल्डमा महत्वपूर्ण सहयोग गर्ने त्रि वि ब्यूरो अन्तर्गत क्याम्पस जिल्ला, त्रि वि जिल्ल,इन्जिनियरिङ जिल्लाका साथीहरू लगायत सबैमा हार्दिक आभारसहित धेरै धेरै धन्यवाद दिएका छ्न । साथै सम्मेलन सम्पन्न गर्न पाउदा खुशीको अनुभूति गरेको बताए ।
उक्त संगठनका इन्जिनियरिङ जिल्लाका नेता सितिज आचार्यको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीको प्रमुख आतिथ्यता, संगठनका सचिवालय सदस्य त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, क्याम्पस जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सुवास सी, संगठनको केन्द्रीय सदस्य सरस्वती सी, संगठनका त्रिवि ब्यूरो कार्यालय सचिव सतल सी, राप्ती शिक्षा क्याम्पस दाङको स्ववियु सभापति नवीन के.सी, नेसनल कलेज स्ववियु सचिव नरेन्द्र बोहरा, ने वि संघका प्रतिनिधि जगदीश कार्की, नेसनल कलेज स्ववियु सहसचिव आमोस श्रेष्ठको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।