अखिल (समाजवादी) द्वारा त्रिविको भागभण्डाविरुद्ध संघर्षको घोषणा

२०८० चैत्र २५ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) त्रिविको भागभण्डाविरुद्ध संघर्षमा उत्रने भएको छ। सो संगठनका अध्यक्ष नरेन्द्र सी ले आज एक बिज्ञप्ति जारी गर्दै त्रिविको भागभण्डाविरुद्ध संघर्षमा उत्रने बताएका हुन्।
अध्यक्ष नरेन्द्र सी द्वारा जारी बिज्ञप्तिमा त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनितिक तहवाट भागभण्डाका निम्ति दवाद दिनु दुखद र खेदजनक भएको उल्लेख गर्दै तत्काल कुलपतिले सिफारिस गरेका व्यक्तिहरुलाई नियुक्ती दिन र राजनितिक हस्तक्षेप तत्काल वन्द गर्न माग गरिएको छ। साथै त्रिविलाई दिईएको दवाव, हस्तक्षेप र भागभण्डाका विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ।
संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ गते सोमवार विहान ११ वजे काठमाण्डौँमा त्रिवि उपकुलपति कार्यालय अगाडी विरोध प्रदर्शन र चैत्र २६ गते सोमवार विहान ११ वजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन गर्ने रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार