बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्न एकतावद्ध होऔं

२०८१ जेष्ठ १ गते, मंगलवार


काठमाडौँ । अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा एकतावद्ध हुन अपिल गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका अध्यक्ष नरेन्द्र सी ले ६० औँ विद्यार्थी दिवसको अवसरमा बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
अध्यक्ष नरेन्द्र सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नितिको अवलम्वन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल विषयहरुको जिम्मेवारीवाट राज्य पन्छिरहेको छ र चरम व्यापारिकरणको विषय बनाईएको छ । राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक वेरोजगार जन्माउने संस्था वनिरहेका छन । वर्षेनि लाखौँको संख्यामा युवा /विद्यार्थीहरु विदेशिन वाध्य छन । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आईरहेका छन । तसर्थ लाखौँ नेपाली विद्यार्थीहरुलाई दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी निति र व्यापारिकरणका विरुद्ध नेपाली विशेषताको समाजवाद र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा ऐकतावद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौँ ।
यस बिषयमा अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) का अध्यक्ष नरेन्द्र सी द्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – ‘नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक सन्दर्भ बोकेको विद्यार्थी दिवस (जेठ १) को गरिमा र महत्व आजपनि उत्तिकै छ । यो गौरवपुर्ण सन्दर्भमा हामी आम नेपाली विद्यार्थीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नेपालको राजनितिक ईतिहासमा २०१७ सालमा निरंकुश पंचायति व्यवस्था लादिएपछि राजनितिक दल, संघ संगठनहरु प्रतिवन्धित भए । २०१८ सालमा ल्याईएको राष्ट्रिय निर्देशन ऐन जारी भएपछि स्ववियु जस्तो संथा माथि पनि प्रतिवन्ध लगाइयो । पंचायती सरकारको निरंकुशता र दमनका विरुद्ध निरन्तरको विद्यार्थी आन्दोलनको प्रतिरोध र संघर्षबाट २०२० साल भाद्र २० गते त्रिविमा पहिलो पटक स्ववियुको निर्वाचन भयो । २०२१ वैशाख १५ देखि २५ सम्म काठमाण्डौंमा भएको अन्तर कलेज स्तरिय विद्यार्थी सम्मेलनले २०२१ जेठ १ गते वाट स्ववियु स्वतन्त्र हुनुपर्ने, गोर्खा भर्ति बन्द हुनुपर्ने, स्ववियु क्याम्पसहरुका अलाव विद्यालयमा पनि हुनुपर्ने, विद्यार्थीलाई यातायात र अस्पतालमा छुट र विद्यार्थीहरु गाँउमा सेवा गर्न जाने लगायतका मागहरु राखि आन्दोलन सुरु भएको ऐतिहासिक दिनका रुपमा विद्यार्थी दिवस स्थापित छ। सो आन्दोलनमा राज्यले गरेको चरम दमन र विद्यार्थीहरुको निरन्तरको संघर्ष र प्रतिरोधको बलमा पंचायति सरकार विद्यार्थी आन्दोलन सामु घुडा टेक्न बाध्य भयो र विद्यार्थीका मागहरु पुरा भए । यो ऐतिहासिक आन्दोलन सुरु भएको दिन (जेठ १) विद्यार्थी दिवसको रुपमा स्थापित छ ।
नेपालमा अहिले दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्था चलिरहेको छ र यसले नेपालमा शिक्षामा नवउदारवादी नितिको अवलम्वन गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशिल विषयहरुको जिम्मेवारीवाट राज्य पन्छिरहेको छ र चरम व्यापारिकरणको विषय बनाईएको छ । राष्ट्रिय अर्थतन्त्र र शिक्षालयहरु नजोडिदा शैक्षिक संस्थाहरु शैक्षिक वेरोजगार जन्माउने संस्था वनिरहेका छन । वर्षेनि लाखौँको संख्यामा युवा /विद्यार्थीहरु विदेशिन वाध्य छन । राष्ट्रियतामाथि गम्भिर समस्याहरु आईरहेका छन । तसर्थ लाखौँ नेपाली विद्यार्थीहरुलाई दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्था र शिक्षामा भएको नवउदारवादी निति र व्यापारिकरणका विरुद्ध नेपाली विशेषताको समाजवाद र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको आन्दोलनमा ऐकतावद्ध हुन ६० औं विद्यार्थी दिवसको अवसरमा आह्वान गर्दछौँ साथै यो अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व क्षयरोग दिवस मनाइँदै

२०८१ चैत्र ११ गते, सोमबार

एसईई शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

स्ववियुको निर्वाचन सुरु

२०८१ चैत्र ५ गते, मंगलवार