अखिल समाजवादीको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

२०८१ जेष्ठ १ गते, मंगलवार

काठमाडौँ । अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)को केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । उक्त बैठक अध्यक्ष नरेन्द्र सी ले प्रस्तावित गरेको संगठनको प्रस्तावमाथि व्यापक बहस र छलफल गरि एकमतले पारित गर्दै सम्पन्न भएको हो । उक्त बैठकले संगठनका पदाधिकारीलाई सात वटै प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकेको छ । बैठकले उपत्यका र ताम्सालिंगको इन्चार्जको जिम्मेवारी संगठनका उपाध्यक्ष ललित सी, विश्वविद्यालय र सीटीईभीटीको इञ्चार्जको जिम्मेवारी संगठनका महासचिव प्रकास सीलाई दिएको छ भने केन्द्रिय कार्यलयको इन्चार्जको जिम्मेवारी सचिव प्रीतिमा सी, उत्पादन बिभाग तथा आईटी विभागको इन्चार्जको जिम्मेवारी सचिव कपिल सी, लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव मदन सी, मधेस तथा नारायणीको इन्चार्जको जिम्मेवारी सचिव अटल सी, गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रकाश सी र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी प्रकाश सी, कोशी प्रदेश इन्चार्जको जिम्मेवारी नतसा सी र सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी कोषाध्यक्ष बबरजङ्ग सीलाई दिएको छ ।
यसैगरी , बैठकले संगठनका बरिष्ठ केन्द्रीय सदस्यलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
उक्त बैठकको उद्घाटन महासचिव विप्लव सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार