अखिल समाजबादी रोल्पाको अध्यक्षमा चुडामणि सी

२०८१ जेष्ठ ३२ गते, शुक्रबार


काठमाडौँ । अखिल समाजवादी रोल्पाको दोस्रो बैठकले चुडामणि सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको नव निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा मन सी र मन कुमारी सी, सचिवमा दुर्गा सी, सह सचिवमा किसन सी र जस बहादुर सी, सुर्बिना सी र कोषाध्यक्षमा निशा सी चयन भएका छन् ।
संगठनले रचनात्मक उत्पादन र संघर्षबाट संगठनलाई सुदृढ र स्थापित गरौँ, शिक्षामा नवउद्धारबादी नीतिका बिरुद्द संघर्ष गरौ भन्ने नाराका साथ उत्पादनलाई बिशेष जोड दिएको छ । जस अन्तर्गत
माडी गाउँपालिकामा च्याउँ, टिम्मुर लगाउने निर्णय गरेको छ । यस संगै प्रत्यक स्थानीय तहमा लागु औषध दुर्व्यसनीका बिरुद्द संघर्ष गर्ने, रक्तदान गर्ने र आगामी बजेट योजनामा प्रत्यक स्थानीय तहलाई २५% भन्दा धेरै शिक्षामा लगानी गर्न दबाव दिने निर्णय गरेको छ । उक्त कार्य योजनाको समयावधि ४ महिनाको रहेको जानकारी दिए ।
जेष्ठ ३१ गते सम्पन्न बैठकको प्रमुख अतिथि नेकपा पोलिटब्युरो सदस्य आदर्श सी, नेकपा केन्द्रिय सदस्य जागृति सी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन समाजबादीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मदन सी, नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा रोल्पा सेक्रेटरी सन्दिप सी, नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा सुनिल स्मृति गापा इन्चार्ज एनान सी लगायतको उपस्थिति रहेको थियो।
बैठकलाई अध्यक्ष चुडामणि सीले सहजीकरण गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार