डेंगु संक्रमण ७१ जिल्लामा फैलियो !

२०८१ असार १ गते, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको जनाएको छ। मन्त्रालयले गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको जनाएको छ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए।उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको बताउदै भने- “गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ। त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ। सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ। ”
दाहालका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सं्रकङ्क्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेंगु रोगको संक्रमण देखिएको थियो। उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा संक्रमण देखिएको छ।
यसैबीच, काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा संक्रमण देखिएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ।
डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्। लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार