एसइईको मौका परीक्षा साउन २३ गतेदेखि

२०८१ असार १७ गते, सोमबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने जनाएको छ । यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् । यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार