काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आजदेखि काठमाडौं उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । शाखाले काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
शाखाले बुधबार ९ गतेदेखि शनिबार १२ गतेसम्म उपत्यकामा जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरघरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लिएकाले पनि अनिवार्य यो खोप लिनुपर्ने शाखाले जनाएको छ ।
सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएपछि खोप दिन लागिएको हो । टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो ।
नेपाललाई १० वर्षअघि नै विश्व स्वास्थ्य सङ्गठनले पोलियोमुक्त घोषणा गरेको हो ।