अखिल (समाजवादी) द्वारा त्रिभुवन विश्वविद्यालय घेराउ र दवाव‌ र्याली(भिडियोसहित )

२०८१ श्रावण १० गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी) ले बुधबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयवाट विद्यार्थीका उत्तर- पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह-नियन्त्रक लगायत गैर- जिम्मेवार कर्मचारीलाई कारबाहीको माग गर्दै अखिल (समाजवादी) ले‌ त्रिभुवन विश्वविद्यालयय घेराउ र दबाब र्‍याली गरेको हो ।
स्मरणीय छ , स्मरणीय  छ,  स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको थियो‌। उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।

उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ । तर अहिलेसम्म उनीहरुलाई कुनै कारवाही गरिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]