ललितपुरका थप दुई जनामा हैजा पुष्टि

२०८१ श्रावण १० गते, बिहीबार


काठमाडौँ । टेकु अस्पतालले ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको जनाएको छ। अस्पतालका निर्देशक डा.युवानिधि बसाैलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरकाे पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।
‘भर्खर रिपोर्ट आएको छ’ बसौलाले थाहाखबरसँग भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’
उनीहरू पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए।
अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार