अखिल समाजवादीका सचिव कपिल सी रिहा

२०८१ श्रावण १७ गते, बिहीबार


काठमाडौँ । अखिल समाजवादीका सचिव कपिल सी रिहा भएका छन् । बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् । अखिल समाजवादीका सचिव कपिल सी र जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठबीच भएको सामान्य विवादका वीच उनलाई गत ८ गते प्रहरीले काठमाडौको हनुमानथानबाट पक्राउ गरेको थियो ।
कपिलको रिहाईका लागि वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोख्रेल, चिरञ्जीवी ढकाललगायतका कानुन व्यवसायीहरूले पहल गरेका थिए।
रिहा पछि अखिल समाजवादीका सचिव कपिल सी लाई अखिल समाजवादीले एक कार्यक्रमकाबीच सम्मान गरेको छ । उक्त कार्यक्रममा अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी,मदन के सी,सुवास सी लगायतका विद्यार्थी नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]