त्रिविमा भएको राजनीतिक हस्तक्षेपबिरुद्ध सघर्षको घोषणा

२०८१ श्रावण २१ गते, सोमबार


काठमाडौँ । अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिविमा भएको राजनीतिक हस्तक्षेपबिरुद्ध सघर्षको घोषणा गरेका छन।
घोषित कार्यक्रम अनुसार साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक ग्याम्पसहरुमा संयुक्त बिरोध व्यानर राख्ने, २३ गते त्रिविका पदाश्रिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने र २५ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने रहेको जनाइएको छ । (पहिलो चरणका संघर्षका कार्यक्रमहरुपछि दोस्रो चरणका कार्यक्रमहरु घोषणा गरिने छ।

यस बिषयमा अखिल क्रान्तिकारीका पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, अखिल समाजवादीका नरेन्द्र सी, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका मनिष भट्टराईद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को वैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठन घोर आपत्ति प्रकट गर्दछौँ । नयाँ पदाधिकारीहरुको नियुक्ति संगै विश्वविद्यालय सुधारको उत्कट चाहना वोकेका लाखौँ विद्यार्थीहरु र समग्र जनताको मनोभावनामा यस कदमले गम्भिर तुुषारापात गरेको छ । प्रधानमन्त्री केपी ओलीको यो कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभाष भएको छ । त्रिविको परिक्षा नियन्त्रण कार्यालयवाट उत्तरपुस्तिकाहरु हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन र दोशी उपर कारवाहि गरिएको छैन । विद्यालय शिक्षा विधेयक–२०८० को मुल मर्मलाई तोडमोड गरिएको छ भने राज्य यसलाई संसदवाट पास गर्न र लागु गर्न समेत चरम ढिलासुस्ती गरिरहेको छ । तसर्थ हामी संयुक्त विद्यार्थी संगठनहरु विश्वविद्यालयमा भएको यस प्रकारको अशोभनिय राजनीतिक हस्तक्षेप र शिक्षा क्षेत्रका समस्याहरु केन्द्रीत पहिलो चरणमा निम्न संघर्षका कार्यक्रमहरु घोषणा गदछौँ ।
संघर्षका कार्यक्रमहरु
१) २०८१ साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक क्याम्पसहरुमा संयुक्त विरोध व्यानर राख्ने ।
२) २०८१ साउन २३ गते त्रिविका पदाधिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने ।
३) २०८१ साउन २८ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने ।
(पहिलो चरणका संघर्षका कार्यक्रमहरुपछि दोस्रो चरणका कार्यक्रमहरु घोषणा गरिने छ ।)’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु