देशभर ३७ जनामा हैजा संक्रमण

२०८१ श्रावण २४ गते, बिहीबार

काठमाडौँ । देशभर हैजा संक्रमितको सङ्ख्या ३७ जना पुगेका छ । ललितपुरमा बुधबार २ जनामा हैजा पुष्टि भएको छ । उनीहरू दुवैको क्रिस्ट मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
हैजा संक्रमित हुनेमा ललितपुर महानगरको सातदोबाटोकी ८६ वर्षीया महिला र धोबीघाटका ४५ वर्षीय पुरुष छन् । यी दुई संक्रमितसहित ललितपुरमा हैजा संक्रमितको संंख्या २६ पुगेको छ ।
ललितपुरमा हैजा संक्रमण गोेदावरीबाहेक अन्य ठाउँमा छिटपुट रूपमा देखिएको छ । छिटपुट रूपमा देखिएका संक्रमित भने कतिपय दुषित पानी र दुषित खानाका कारण भएको हुनसक्ने चिकित्सकको भनाइ छ ।
फलफूल तथा सलाद खाँदा उमालेको या शुद्धीकरण गरिएको पानीले पखालेर मात्र खान चिकित्सकको सुझाव छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु