पोखरा विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान

२०८१ कार्तिक २५ गते, आईतवार


काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सूचना जारी गदै रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।
समितिले इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। साथै अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिने बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार