अखिल (समाजवादी) द्वारा त्रिविमा राजनितिक भागभण्डा नगर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा राजनितिक भागभण्डा नर्गन माग गरेको छ । सो संगठनले बुधबार त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराललाई ज्ञापनपत्र पेश गर्दै त्रिविका ८ वटा संकायका डिन र १८ वटा क्याम्पसका प्रमुखहरुमा नियुक्ति गर्दा राजनितिक भागभण्डा नर्गन माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले गत भाद्र १९ गते सुचना प्रकाशित गरि चिकित्सा शास्त्र, ईन्जिनियरिङ, शिक्षा, मानविकी, कृषि, वन लगायतका संकायहरुमा डिनका लागि र आरआर, पृथ्वीनारायण, पाटन संयुक्त, विश्वभाषा, वुटवल वहुमुखी, सुर्खेत शिक्षा, जुम्ला क्याम्पस, डोटी क्याम्पस लगायतका त्रिविका १८ वटा क्याम्पसका प्रमुखहरुका लागी खुल्ला प्रतिस्पर्धाद्धारा नियुक्तिको प्रकृया अगाडी बढाएको थियो ।
उक्त ज्ञापन पत्र पेश गर्दै अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले दलाल राजनीतिको चरम हस्तक्षेपका कारण त्रिविका ८ वटा संकायका डिन र १८ वटा क्याम्पसका प्रमुख नियुक्तिमा ढिलाढाला भएको ठोकुवा गर्दै दलगत राजनितिको भागभण्डा त्रिविको क्यान्सर भएकाले कुनैपनि मूल्यमा राजनीतिक भागभण्डा अस्वीकार गर्ने बताए ।
