बर्दिया बलात्कार घटनाको दोषीलाई तत्काल कारबाही गर

२०८१ मंसिर २१ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले बर्दिया बलात्कार घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कडा सजायको माग गरेको छ। सो संगठनको छात्रा बिभाग प्रमुख प्रीतिमा सीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेकी हुन्। उक्त बिज्ञप्तिमा भनिएको छ – ‘यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास आवश्यक छ। साथै, महिला तथा बालिका सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा हाम्रो जोडदार माग गर्दछौं । अखिल (समाजवादी) छात्रा विभाग बलात्कार तथा महिला हिंसाका सबै प्रकारका घटनाहरूको अन्त्यका लागि कटिबद्ध छ| समाजका सबै जिम्मेवार नागरिकलाई पनि यस्तो अमानवीय कार्यविरुद्ध एकजुट भएर अघि बढ्न अपिल गर्दछौं। न्यायको माग पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ |’
यस बिषयमा अखिल (समाजवादी)को छात्रा बिभाग प्रमुख प्रीतिमा सीले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ – ‘बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २ राझा निवासी प्रियंका बिसी (नाम परिवर्तित ) माथि भएको अमानवीय र घृणित बलात्कार घटनाप्रति अखिल (समाजवादी) छात्रा विभाग गहिरो आक्रोश व्यक्त गर्दै घोर भत्सर्ना गर्दछ। उक्त घटनामा संलग्न अपराधीहरू भरत डाङ्गी, सौगात बिक, सुदिप बिक, र प्रबिन ओली लगायत चार जनाले गरेको यो कुकर्म हाम्रो समाज र मानवताको लागि लज्जास्पद र असहनीय छ ।
यस्ता जघन्य अपराधलाई जरा फुकाउन र समाजलाई सुरक्षित, न्यायपूर्ण, र मर्यादित बनाउनु हाम्रो सामूहिक दायित्व हो। पीडितका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै, घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र कडा भन्दा कडा सजाय दिन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं | यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास आवश्यक छ। साथै, महिला तथा बालिका सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा हाम्रो जोडदार माग गर्दछौं ।
अखिल (समाजवादी) छात्रा विभाग बलात्कार तथा महिला हिंसाका सबै प्रकारका घटनाहरूको अन्त्यका लागि कटिबद्ध छ| समाजका सबै जिम्मेवार नागरिकलाई पनि यस्तो अमानवीय कार्यविरुद्ध एकजुट भएर अघि बढ्न अपिल गर्दछौं। न्यायको माग पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ |’

प्रतिक्रियाहरु

[anycomment]