एचआईभीविरुद्धको खोप तयार

२०८१ मंसिर २७ गते, बिहीबार


काठमाडौँ । वैज्ञानिकहरूले एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) रोक्ने खोप ‘लेनाकापाभिर’ बनाएका छन् । उनीहरुले एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको बताएका छन् ।
यो खोपको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।
अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप फेज-३ परीक्षणको क्रममा एचआइभी सङ्क्रमण रोक्न १००% प्रभावकारी थियो। यो खोप दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा सफलतापूर्वक परीक्षण गरिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२३ मा करिब ४ करोड मानिस एचआइभीबाट पीडित थिए । यस वर्ष करिब ६ लाख ३० हजार मानिसले ज्यान गुमाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु