साउदीबाट फर्किएका नेपाली पुरुषमा ‘मङ्कीपक्स’ संक्रमण पुष्टि

२०८१ पुष ६ गते, शनिबार


काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्स संक्रमण देखिएको छ । साउदी अरब बाट बिहीबार स्वदेश आएका तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि भएको हो । उनको शुक्रराज अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । दुई वर्ष अगाडि पनि नेपाल आएका एक जना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो ।
मङ्कीपक्स सङ्क्रमण देखिए पछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार