अखिल समाजवादीसहित पाँच विद्यार्थी सङ्गठनद्वारा १० बुँदे माग राख्दै त्रिविमा धर्ना

२०८१ पुष १८ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)सहित पाँच विद्यार्थी सङ्गठनले १० बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा धर्ना बसेका छन् । अखिल (समाजवादी)सहित अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (छैटौँ), र नेपाल समाजवादी विद्यार्थी संगठनले विभिन्न १० बुँदे माग राख्दै त्रिविका शिक्षाध्यक्ष प्रो. डा. खडक केसीको कार्यालयमा धर्ना बसेका हुन् ।
विश्वविद्यालय विगत देखि दलगत भागवण्डाको चपेटामा परेको, विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दी हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको भन्दै पाँच विद्यार्थी सङ्गठन धर्ना बसेका हुन् । ति संगठनले विश्वविद्यालय रुपान्तरणसंग सम्वन्धित मागहरु पूरा नहुन्जेलसम्म संघर्षका कार्यक्रमहरु जारी राख्ने बताएका छन।
यस बिषयमा अखिल (समाजवादी)सहित अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (छैटौँ), र नेपाल समाजवादी विद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ – ‘त्रिभुवन विश्वविद्यालयमा हुने गरेका शैक्षिक अराजक गतिविधिका विरुद्ध विद्यार्थी संगठन सशक्त रुपमा संघर्ष गर्दै समग्र विश्वविद्यालयको शैक्षिक रुपान्तरण र विद्यार्थीहरुको हकहितको पक्षमा ओकालत गर्दै आएको कुरा सम्पूर्ण सरोकारवाला पक्षहरुमा अवगत नै छ । विगत देखि दलगत भागवण्डाको चपेटामा परेको विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दि हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको र जसका कारण विश्वविद्यालयको नीतिगत शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको कुरा जगजाहेर छ । यसै कुरालाई मध्यनजर गर्दै विश्वविद्यालयमा मेरिटोक्रेसिको आधारमा नियुक्ति प्रकिया अवलम्बन गरिनु आजको आवश्यकता रहेको छ । यद्यपी यो प्रकियाले पूर्णता नपाउदै सरकारको हस्तक्षेप पूर्ण गतिविधि र विश्वविद्यालयका पदाधिकारी स्वयंमको मेरिटोक्रेसि विरुद्धको गतिविधिले फेरी पनि दलगत भाडवण्डालाई प्रोत्साहन गरि विश्वविद्यालयलाई अराजगकता तिर धकेलेको प्रस्ट हुन जान्छ । तसर्थ विद्यार्थी संगठन यस कार्य प्रति आपत्ति जनाउदै घोर भर्त्सना गर्दछ । त्यसकारण हाम्रो प्रमुख एजेण्डा भनेको शैक्षिक अराजकताको अन्त्य गरी समग्र विश्वविद्यालय रुपान्तरण गर्नु हो। त्यसका लागी विश्वविद्यालयमा विगत र वर्तमानमा भएका र हुँदै आएका कमी कमजोरीहरु सुधार गरी विश्वविद्यालयको रुपान्तरण गर्नका निमित्त संयुक्त विद्यार्थी संगठन
निम्न १० बुँदे मागहरु प्रस्तुत गर्दछ ।
१.मेरिटोकरेसिको आधारमा क्याम्पस/विभागीय प्रमुखहरु विनाशर्त नियुक्ति गर्नुपर्ने ।
२. डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने ।
३. अध्ययन विदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरुको एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलव विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने ।
४. त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने ।
४. आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रक्रियाबाट स्वत: स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने ।
६. त्रि.वि. केन्द्रीय विभागहरुमा अनिवार्यरुपमा Morning र Evening कक्षाहरु सञ्चालन गर्नुपर्ने ।
७. परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई डा. चन्द्रमणि पौडेल नेतृत्वको कमिटिले सिफारिस गरेका व्यक्तिहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्ने ।
८. पढ्दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रुपमा संलग्न गराउनुपर्ने ।
९. त्रि.वि. मा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरुको खुल्ला प्रतिस्पर्धा मार्फत पदपुर्ति गर्न तत्काल नयाँ विज्ञापन प्रकाशन गर्नुपर्ने ।
१०, केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुका लागि अनिवार्यरुपमा इन्टर्नशिपको व्यवस्था गराउनु पर्ने ।
विश्वविद्यालय रुपान्तरणसंग सम्वन्धित उपर्युक्त मागहरु पूरा नहुन्जेलसम्म संघर्षका कार्यक्रमहरु घोषणा गरेको यसै विज्ञप्तिमार्फत जानकारी गराउदछौं । ‘

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार