अखिल(समाजवादी)ले स्ववियु निर्वाचन केन्द्रित बिशेष आक्रामक अभियान संचालन गर्ने

काठमाडौँ । अखिल(समाजवादी)ले स्ववियु निर्वाचन केन्द्रित बिशेष आक्रामक अभियान संचालन गर्ने बताएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ।
अखिल(समाजवादी)का उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सीको अध्यक्षतामा बसेको उक्त बैठकले स्ववियुलाई दलाल संसदीय व्यवस्था विरोधी मोर्चाको रूपमा प्रयोग गर्ने , स्ववियुलाई शिक्षामा निजीकरण र व्यापारीकरण विरुद्धको मोर्चाको रुपमा प्रयोग गर्ने, स्ववियुलाई संसदवादी दलनिकट विद्यार्थी संगठनहरूविद्यार्थीको हित विपरीत भ्रष्टाचार र गुण्डागर्दी गर्ने थलोको रूपमा प्रयोग गरिदै आएकोमा त्यसलाई रोक्दै स्ववियुलाई वास्तविक विद्यार्थीको सेवा गर्ने संस्थाको रुपमा स्थापित गर्ने निर्णय समेत गरेको बताइएको छ।
अखिल(समाजवादी) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीको प्रमुख आतिथ्यतता रहेको थियो भने नेकपाका केन्द्रिय सदस्य, काठमाडौ जिल्लासचीव तथा अखिल(समाजवादी) का पुर्व अध्यक्ष चिरञ्जीवी सी, केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कृष्णहरि सी, केन्द्रिय सदस्य सन्जिव सी केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला सचिव ललित सी, अखिल समाज्वादीका महासचिव प्रकाश सी, सचिव कपिल सी , केन्द्रिय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर इन्चार्ज बज्र सी को आतिथ्यततामा रहेको थियो।