चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत अनुत्तीर्ण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत अनुत्तीर्ण भएका छन । काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् । मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए । ७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भए । यस समूहमा ७ जनाको नतिजा रोकिएको छ ।
बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए । यति कम उत्तीर्ण दरले मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तरमा प्रश्न उठाएको छ ।