केयुद्वारा   आवासीय चिकित्सकलाई सरकारी सरह सेवा सुविधा दिन परिपत्र 

२०८१ फाल्गुन १६ गते, शुक्रबार


काठमाडौँ   ।  काठमाडौँ विश्वविद्यालय (केयू) ले आवासीय चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह सेवा सुविधा दिन पत्र पठाएको छ ।  केयूले  सम्बन्धन लिएका १० वटा निजी मेडिकल कलेजलाई परिपत्र गर्दै आवासीय चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह सेवा सुविधा दिन दिएको हो ।यहि माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत चिकित्सकहरूलाई सरकारी चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही आधारमा आयोगले फागुन १३ गते काठमाडौँ विश्वविद्यालयलाई पत्राचार गरेर उक्त निर्णय कार्यान्वयन गराउन भनेको थियो । विश्वविद्यालयले सोही अनुसार निर्वाह भत्ता दिन निर्देशन दिएको हो ।यसअघि शिक्षा र स्वास्थ्य मन्त्री निर्वाह भत्ता २० देखि ३५ हजार दिनुपर्ने भन्दै निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । त्यसपछि आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको माग बमोजिम निर्वाह भत्ता उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । आयोगको बैठक बसेर सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार