शिक्षकको न्यायोचित माग पुरा गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले शिक्षकको न्यायोचित माग पुरा गर्न गग्रह गरेका छन्। संयोजक विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।
संयोजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न, र शिक्षामा समान पहुँच तथा गुणस्तरको सुनिश्चितता गर्न हामी सरकारसँग जोडदार माग
गर्दछौं। साथै, शिक्षालाई नयाँ दिशा दिने विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गराउन र त्यसका लागि सर्वदलीय सहमतीमा संसदको विशेष अधिवेशन तत्काल आव्हान गर्न पनि सरकारसँग जोडदार अपिल गर्दछौं।’