‘अखिल (समाजवादी)विद्यार्थी आन्दोलनको मुल प्रवाह’
 
                
काठमाडौं । अखिल (समाजवादी) धनुषा जिल्ला कमिटीको आयोजनामा आज जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सी प्रमुख प्रशिक्षकका रूपमा विशेष उपस्थिति थियो ।
प्रशिक्षणमा अध्यक्ष नरेन्द्र सीले अखिल(समाजवादी )विचार राजनीति र भावना सबैको हिसाबले विद्यार्थी आन्दोलनको मुल प्रवाह रहेको र त्यही अनुरुप फिल्डमा जिम्मेवारी पूरा गर्न निर्देशन पनि दिए । प्रशिक्षण सत्रहरूमा नरेन्द्र सीसहित केन्द्रीय सचिव अटल सी, पार्टी केन्द्रीय नेता विश्वजित सी र प्रदेश कमिटी सदस्य गौरी सीले प्रशिक्षण दिएका थिए। प्रशिक्षणको मूल विषयहरूमा संगठनात्मक संरचना, समाजवादको नेपाली विशेषता, नवउदारवादको चुनौती, विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिका, तथा नेतृत्व विकास जस्ता सन्दर्भ समेटिएका थिए।
प्रशिक्षित गर्दै नरेन्द्र सीले भने, “समाज परिवर्तनको आन्दोलनमा विद्यार्थी शक्ति अग्रणी अभियन्ता हुन्। संगठन निर्माण, वैचारिक स्पष्टता र क्रान्तिकारी अनुशासनलाई जीवनपद्धति बनाउन सके मात्र हाम्रो आन्दोलनले नयाँ दिशा पाउँछ।”
कार्यक्रममा धनुषा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट सहभागी भएका दर्जनौं अगुवा कार्यकर्ताहरूले प्रशिक्षण प्राप्त गरेका थिए। कार्यक्रमले संगठन सुदृढीकरण, जिम्मेवारी बोध र सामूहिक नेतृत्व विकासमा थप गति दिने अपेक्षा गरिएको छ।

 
                 
                             
                             
                         
                         
                        