एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। शुक्रबार प्रकाशित एसईईको नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए।
