६० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण हुनसक्ने !

२०८२ असार १९ गते, बिहीबार


काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको जनाएको छ । महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सो जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे । उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।
उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगु सङ्क्रमणको तथ्यांक कम देखिएको बताए । उनले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]