सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन साउन १४ गते

काठमाडौँ । दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।
विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। उनले भने – ‘साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ। भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ।’