चिकित्सकद्वारा अस्पतालमा धर्ना

काठमाडौँ । नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत चिकित्सकहरूले आज अस्पतालमा धर्ना दिएका छन्। उनीहरुले विरामीको उपचारमा लापर्बाही भएको भन्दै उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै अस्पतालमा धर्ना दिएका हुन्।
घोषित कार्यक्रमअन्तर्गत आज र आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। जसअनुसार अस्पतालहरूमा धर्ना दिएको संघका महासचिव डा सञ्जीव तिवारीले बताए।
असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने र चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालयमा मंगलबार काउन्सिलले उपलब्ध गराएको चिकित्सक लाइसेन्स बुझाउने कार्यक्रम संघको रहेको छ।