त्रिविको उपकुलपतिमा प्राडा अर्याल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जनामध्येबाट कुलपतिमा अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।त्यसयता त्रिवि उपकुलपतिविहीन बनेको थियो।