शिक्षक महासंघद्वारा पुन: आन्दोलनको चेतावनी

२०८२ असार ३० गते, सोमबार


काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि पुन: आन्दोलनको चेतावनी दिएको छ । महासंघले विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न माग गर्दै अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी दिएको छ ।
महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ-‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं। अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलनतर्फ होमिने कुरा उदघोष गर्दछौं ।’
महासंघले २० चैतदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि ०८२ वैशाख १७ गते असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासंघले आन्दोलनको चेतावनी दिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु