अखिल समाजवादीद्वारा अपाङ्ग विधार्थीलाई शैक्षिक सामग्री वितरण
 
                काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले कैलालीको जोशीपुर गाउँपालिका वडा नं १ मोहन्याल माध्यमिक विद्यालय बडहरियामा अपाङ्गता भएका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सो संगठनले जोशीपुर गाउँपालिका अन्तर्गत रहेका २३ वटा सामुदायिक विद्यालयका ६७ जना अपांगता भएका विधार्थीहरु शैक्षिक सामग्री वितरण गरेको बताइएको छ ।
उक्त शैक्षिक सामग्री अखिल समाजवादीका केन्द्रिय सचिवालय सदस्य लोकेश जोशीको बिशेष पहलमा वितरण गरिएको हो ।
उक्त शैक्षिक सामग्री बितरण कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी, शिक्षा शाखा योगोश जोशी,रघुनाथ आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त महतौ जनप्रकाश माध्यमिक विद्यालय का प्रअ सुरेश थारु मुक्त कमैया प्राथमिक विद्यालय का प्रअ श्याम देव कुश्मी, अखिल समाजवादी का बवरजंग सिंह, विभिन्न विधालयका प्र अ लगायतको उपस्थिति रहेको थियो।

 
                 
                             
                             
                         
                         
                        