आर्थिक वर्ष २०८१ ̷ ८२ मा १ लाख २३ हजार ५ सय ८९ विद्यार्थीले एनओसी लिए !

काठमाडौँ । गत आर्थिक वर्ष २०८१ ̷ ८२ मा १ लाख २३ हजार ५ सय ८९ विद्यार्थीले विदेश अध्ययनका लागि अध्ययन अनुमती पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शाखाका अनुसार ६४ देशमा नेपालीहरू अध्ययनका लागि जाने गरेका छन् भने सबैभन्दा धेरै विद्यार्थीले जापान अध्ययनको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्षमा जापानको लागि ३९ हजार ८ सय ४७ जना विद्यार्थीले एनओसी लिएका छन् ।
यस्तै बेलायतको लागि २७ हजार ४ सय ७५,अष्ट्रेलिया १६ हजार २ सय ७९, यस्तै कोरिया ९ हजार ७ सय ५७, अमेरिका ८ हजार ८ सय ७०,भारत ३ हजार ३ सय ९६ जनाले एनओसी लिएका छन् ।
यस्तै संयुक्त अरब इम्रेट्स२ हजार ९२, फान्स १ हजार ९ सय ७०,क्यानडा १ हजार ८ सय ९४, फिनल्याण्ड १ हजार ८ सय ५३,न्युजील्याण्ड १ हजार ६ सय ४४, जर्मनी १ हजार १ सय ९८, डेनमार्क १ हजार १ सय ९७ माल्टा १ हजार ५६, चीन ७ सय ७३, थाइल्याण्ड ६ सय १०, साइप्रस ५ सय १,इटाली ४ सय तीन,स्वीडेन २ सय ९७,बंगलादेश २ सय ४४, मलेसिया २ सय ३०,ग्रिस २ सय १६,बहराइन १ सय ७५,अष्ट्रया १ सय ६८, आएरल्याण्ड १ सय ५०, कतार १ सय ४८, स्पेन १ सय ४८, नेदरल्णड १ सय ३१,हंगेरी १ सय १२, फिलिपिन्स ९३, बेल्जियम ८३, लिथुएनियाँ ७२,मेन्टोनोग्रो ६३, किरिगिस्तान ३९, लाट्भिया ३८, रुस ३५, पोल्याण्ड ३२, नर्वे ३१, जर्जिया २९, कुवेत २७, उज्वेकिस्तान २१, दक्षिण अफ्रिका १८, स्कटल्याण्ड १७,स्वीजरल्णड १७, चेक गणराज्य १५, ओमान १५, पाकिस्तान १३, पोर्चुगल १२, सिंगापुर ११, भियतनाम ११, टर्की ९, अल्बानियाँ ८, इजिप्ट ७, रोमानियाँ ७,लक्जेम्बर्ग ६, स्लोभाकिया ५, बुल्गोरिया ४, स्टोनिया ४, साउदिअरेबीया ४,स्लोवेनिया ४, आइसल्याण्ड २ र मेक्सिको १, क्रोएसिया १, गायना गरी १ लाख २३ हजार ५ सय ८९ जना विद्यार्थी विदेशीएका छन् ।