शिक्षक महासंघद्वारा भदौ दोस्रो सातादेखि पुन: आन्दोलन गर्ने उदघोष

२०८२ श्रावण २३ गते, बिहीबार


काठमाडौँ । नेपाल शिक्षक महासंघले समय सीमाभित्र पनि सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेपछि भदौको दोस्रो हप्तादेखि पुन: आन्दोलन गर्ने जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए । उनले समय सीमाभित्र सरकारले ऐन जारी नगरेपछि महासंघ आन्दोलनमा जाने निर्णय गर्न बाध्य भएको बताए ।
अध्यक्ष सुवेदीले आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने र त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको बताए ।
अध्यक्ष सुवेदीले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफुलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका बिषयको आंकलन गरिने बताए । उनले बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको बताउदै समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको बताए ।
स्मरणीय छ , महासंघले गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु