कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

काठमाडौँ । पाठ्यक्रम बिकास के द्रले एक सूचना प्रकाशन गर्दै कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइएको जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ – कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने….’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा सोको आधिकारिकता खोजी गर्दा उक्त गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको छ । पाठ्यपुस्तकमा सोहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्न/गराउन आग्रह समेत गरेको छ ।