माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला

२०८२ श्रावण ३२ गते, शनिबार


काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ। आयोगको मिति २०८२ साउन ३० को निर्णयानुसार माध्यमिक तह, अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको हो।
शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका माध्यमिक तहको अध्यापन अनुमति पत्र लिन चाहने इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दर्खास्त दिनसक्ने छन्।

प्रतिक्रियाहरु

[anycomment]