१६ विद्यार्थी संगठनद्वारा शिक्षक नियुक्तिमा शत प्रतिशत खुल्ला प्रतिस्पर्धा गर्न माग

२०८२ भाद्र २ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १६ विद्यार्थी सङ्गठनले शिक्षक नियुक्तिमा शत प्रतिशत खुल्ला प्रतिस्पर्धा हुनुपर्ने माग राखेका छन्। १६ विद्यार्थी सङ्गठनले सोमबार नेपाल सरकारद्वारा संसदमा दर्ता गरिएको ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८०’ प्रति गम्भीर आपत्ति जनाउँदै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापालाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्।
१६ विद्यार्थी सङ्गठनले ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८०’ विधेयकले संविधानको मर्म विपरित जाने गरी केन्द्रीयकरणको प्रवृत्ति देखिएकोले उक्त विधेयक खारेज गरी समावेशी, निःशुल्क र गुणस्तरीय शिक्षालाई संस्थागत गर्न नयाँ विधेयक ल्याउन सरकारसमक्ष माग गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १६ विद्यार्थी सङ्गठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापालाई बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु