संयुक्त विद्यार्थी संगठनले घन्काए ‘गो व्याक इन्डिया’को नारा

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत संयुक्त विद्यार्थी संगठनले लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले भारत र चीनलाई नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै नेपाली भुमी लिपुलेक, कालापानी र लिम्पियाधुरामा कैयौं वर्षदेखि हडपेर बसिरहेको भारतीय सेनालाई तत्काल नेपालको भुमी छाड्न चेतावनी समेत दिएका छन् । यसैगरी ति विद्यार्थी सङ्गठनले हालै भारत र चीनबिच भएको हस्तक्षेपकारी र अतिक्रमणकारी सहमति खारेज गरि नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह समेत गरेका छन ।
बिरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राष्ट्रिय स्वाधिनताका रक्षा गरौैं, गो व्याक इन्डिया लगायतका नारा लगाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]