स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क

२०८२ भाद्र ११ गते, बुधबार


काठमाडौँ । स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क लाग्ने भएको छ। स्वास्थ्य बिमा बोर्डले जारी गरेको सूचनामा विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कार्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागू हुने चेतावनी दिएको हो ।
बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने तर २०८२ कार्तिक ३१ गतेपछि शुल्क बढाउँदै लगेको छ ।
त्यस्तै म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि, ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने बोर्डले जनाएको छ । यो निर्णयको पनि नागरिकस्तरबाट चर्को विरोध सुरु भैसकेको छ । बोर्डको सूचनाअनुसार ६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत (१००%) थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्नेछ । तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

वीरगञ्जका विद्यालय तीन दिन बन्द

२०८२ भाद्र १० गते, मंगलवार

वीरगञ्जमा ९३ जना हैजा सङ्क्रमित

२०८२ भाद्र १० गते, मंगलवार