त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक सूचना प्रकाशन गर्दै आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा
मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी बिदा दिएको उल्लेख छ।
सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ। यो बिदाबीचमा दशैँ, तिहार र छठको बिदा परेको छ।