डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

२०८२ आश्विन १४ गते, मंगलवार

काठमाडौँ । डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएकाे हाे । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बागमती प्रदेशमा १ हजार १ सय ९१, लुम्बिनीमा ९ सय ११, कोशीमा ७ सय ३७, सुदूरपश्चिममा ६ सय २२, कर्णालीमा २ सय ९६ र मधेशमा १ सय १२ जनमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएका भन्दा धेरै हुन सक्ने बताएका छन् ।
ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको जनाएकाे हाे ।

प्रतिक्रियाहरु

[anycomment]