‘ब्रिटिश कलेजलाई तत्काल कारवाही गर’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)ले ब्रिटिश कलेजलाई तत्काल कारवाही गर्न माग गरेको छ। सोमबार सो संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
अध्यक्ष नरेन्द्र सीले काठमाण्डौँको The British College ले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र समस्याको समाधान भन्दा पनि न्यायको माग गरिरहेका विद्यार्थीहरुलाई कलेजले उल्टै धम्की दिएको र त्रसित बनाएको घटना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न शिक्षा मन्त्रालय र सुरक्षा निकायसंग विशेष माग गरेका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)ले शिक्षामन्त्री महावीर पुनसमक्ष पेश गरेको ज्ञापन पत्र यस प्रकार रहेको छ –
‘काठमाण्डौँको The British College ले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र समस्याको समाधान भन्दा पनि न्यायको माग गरिरहेका विद्यार्थीहरुलाई कलेजले उल्टै धम्की दिएको र क्रसित बनाएको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
विदेशी सम्वन्धन प्राप्त कलेजहरुले विगत लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा लुट र अनियमिता गरिरहेको छन । यसका विरुद्धमा हाम्रो संगठनले निरन्तर आवाज उठाउदैँ आएको छ । यसैको पछिल्लो उदाहरण द व्रिटिस कलेजमा देखिएको छ । तसर्थ ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न हामी शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग विशेष माग गर्दछौँ ।
पिडित विद्यार्थीहरुमा मागहरु तत्काल सम्वोधन गर्न हामी कलेज प्रशासन संग जोडदार माग गर्दछौँ । साथै विदेशी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सवै कलेजहरुलाई शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा स्पष्ट निति बनाएर नियन्त्रण, नियमन र विशेष निगरानी गर्न पनि हामी सरकारसंग माग गर्दछौं ।’

