नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुनालाई राना नियुक्त गरेको छ । मन्त्रालयले निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो।
यसैगरी, काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन्। अध्यक्ष र उपाध्यक्षसहित काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।
